तथ्यांक व्यवस्थापन अधिकृत (Data Management Officer)

Kalika Self Reliance Social Center

  • Kapilvastu, Lumbini Province
  • Full-Time
  • N/A
  • Deadline: July 24, 2025

Job Description

कर्मचारी आवश्यकता

(प्रथम पटक प्रकाशित मिति: २०८२।०४।०२ गते

हेलन केलर ईन्टरनेशनलसंगको साझेदारीमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्धारा कपिलवस्तु जिल्लाका सबै स्थानीय तहहरुमा संचालन भईरहेको पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको लागि निम्न अनुसारको कर्मचारी आवश्यकता परेकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र ईच्छुक नेपाली नागरिकबाट फोटोसहितको अद्यावधिक व्यक्तिगत विवरण (CV) तथा आफ्ना नागरिकता, शैक्षिक, कार्य अनुभव लगायतका कागजपत्रका प्रतिलिपीहरु संलग्न राखी आवेदन सिधै कार्यालयमा बुझाउन वा इमेल मार्फत पठाउन सूचित गरिन्छ ।

१. तथ्यांक व्यवस्थापन अधिकृत

आवश्यक संख्या: १

शैक्षिक योग्यता तथा अनुभव: जनस्वास्थ्य विषयमा स्नातक तह उर्तिण गरी तथ्याङ्क सम्बन्धि २ बर्षको अनुभव भएको ।

परियोजना अवधि: १ बर्ष ।

  • DHIS2/HMIS System and mobile application सम्वन्धि ज्ञान भएको
  • फिल्डमा गएर कार्यक्रमसंग सम्बन्धित अनुगमन, मुल्याङ्गन गर्न सक्षम, तथ्याङ्ग प्रमाणित गरी योजना निर्माण तथा सफलताका कथाहरु तयार गर्न सक्ने
  • तथ्यांक संकलन, विश्लेषण तथा प्रस्तुतिकरण गर्न सक्ने
  • स्थानिय तथा जिल्लास्तरिय कार्यक्रम संचालनमा सहयोग गर्ने सीप भएको
  • कार्यक्रमसंग सम्वन्धित फिल्ड कृयाकलापहरुको मासिक त्रैमासिक तथा वार्षिक प्रतिवेदनहरु अंगेजी भाषामा बनाउने सीप भएको
  • फिल्ड तहका विभिन्न तालिमहरु संचालनमा सहजीकरण गर्न सक्ने
  • फिल्ड कर्मचारीहरुको क्षमता विकासमा सहयोग गर्ने तथा डाटा संकलन तथा रिपोटिङ्गमा सहजीकरण गर्ने
  • स्थानीय भाषाको ज्ञान भएको र पछि परेको समुदायलाई विशेष प्राथमिकता ।

पारिश्रमिक: संस्थाको नियम अनुसार हुनेछ । 

परीक्षाको किसिम: लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता ।

नोट: आवेदकहरुमध्ये प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्रै परीक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेद्वारहरु स्वत: अयोग्य ठहर गर्न सकिने भएकोले कसैबाट पनि त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ । 

सम्पर्क

कालिका स्वावलम्बन सामाजिक केन्द्र

केन्द्रिय कार्यालय: कपिलवस्तु, न.पा.वार्ड नं.३, कपिलवस्तु

थप जानकारीको लागि फोन: ०७६५६०२८२

इमेल: [email protected]

Skills Required